फुटबल

विश्वकप हेर्न जाने दर्शकलाई भिसा नचाहिने : हाया कार्ड भए हुने, के हो हाया कार्ड ?

इकागज |
कात्तिक १७, २०७९ बिहीबार ८:५७ बजे

काठमाडौँ- कतार सरकारले विश्वकप आयोजनाको अवधिभर विश्वका खेलप्रेमी दर्शकहरूलाई कतार प्रवेशमा सजिलो होस भनेर भिसाको रूपमा हाया कार्ड वितरण गरेको छ ।

हाया कार्ड विश्वकप फुटबल प्रतियोगिता अवधिभरको लागि भिसा जस्तै प्रवेस  पास हो  तर, यो वर्क परमिट भने होइन । हाया कार्डले जिसिसका ६ वटा राज्यमा विश्प्रवकप प्रतियोगिता चल्ने समयमा प्रवेश पाइन्छ  । 


के हो हाया कार्ड ?
- विश्वकप फुटबल आयोजना हुने समयावधिभर कतार प्रवेशको लागि चाहिले कार्ड नै हाया कार्ड हो  ।

- हाया कार्ड नै विश्वकप फुटबल आयोजना हुने समयावधिभरको लागि कतार प्रवेशाज्ञापत्र वा भिसा हो ।

- जस-जसले विश्वकप फुटबल हेर्न कतार जानको लागि टिकट लिनुभएको छ वा लिने तयारी गर्दै हुनुहुन्छ अवश्यपनि हाया कार्डको लागि आवेदन दिनुहोला ।

- अन्तर्राष्ट्रिय फुटबल फ्यानहरूले विश्वकप फुटबल हेर्न टिकट मात्रै लिएर हुदैन कतार प्रवेशाज्ञापत्र (हाया कार्ड) पनि साथैमा बोक्नुपर्ने हुन्छ ।

- हाया कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । डिजिटल हाया कार्ड बनाउंन विदेशी फुटबल फ्यानहरूले बस्ने व्यवस्था अथवा होटलको कन्फरमेशन गर्नुपर्ने हुन्छ ।

- हाया कार्ड भएपछि कतार प्रवेश र विश्वकप फुटबल आयोजना भैरहेका रंगशालामा प्रवेश सजिलै पाइन्छ ।

- हाया कार्ड अनलाइनबाट आवेदन दिन तपाइंले https://hayya.qatar2022.qa/web/hayya / Qatar2022.qa मा भिजिट गर्न सक्नुहुनेछ भने मोबाइलमा Haya to Qatar 2022 एप डाउनलोड गरेर एप मार्फत आवेदन दिन पनि सक्नुहुनेछ । यो एप एप्पल ( IOS), एन्ड्रोइड तथा हुवावेका सबै मोबाइल फोनमा उपलब्ध छ ।

- हाया कार्ड कतार सरकारद्वारा संचालित प्रवेश प्रकृया हो । हाया कार्ड सम्बन्धि कुनै पनि प्रकृयामा फिफा उत्तरदायी हुनेछैन ।

- हाया सम्बन्धि कुनै पनि जानकारी चाहिएमा [email protected] मा log in गरेर बुझ्न सक्नुहुनेछ भने ८००.२०२२ (कतार) वा अन्तर्राष्ट्रिय नम्बर (+९७४) ४४४१.२०२२ मा कल गरेर पनि बुझ्न सक्नुहुनेछ ।

- अन्य कुनै पनि जानकारी चाहिएमा वा विश्वकप फुटबल प्रतियोगिताको टिकट लिएर बसोवासको व्यवस्था मिलाउंन [email protected] मा log in गरेर बुझ्न सक्नुहुनेछ । 


Author

थप समाचार
x