फुटबल

सोसिडाडको अपराजित यात्रामा म्यानचेस्टर बाधक

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार ८:९ बजे

काठमाडौँ- म्यानचेस्टर युनाइटेडसँग १-० अन्तरले पराजित भएसँगै रियल सोसिडाडको अपराजित यात्रा कायम राख्दै युरोपा लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यले सफलता पाएन । बिहीबार राति एलेक्जान्ड्रो गर्नाचोको गोलमा युनाइटेड विजयी भयो । उनले स्टार खेलाडी रोनाल्डोको असिस्टमा गोल गरेका थिए । 

हारसँगै सोसिडाड समूह इ बाट शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गर्‍यो । उसको ६ खेलबाट १५ अंक रह्यो । समान खेलबाट समान अंक रहेपनि गोल अन्तरमा पछि पर्दै युनाइटेड दोस्रो स्थानमा रह्यो । अब युनाइटेडले फेब्रुअरीमा प्लेअफ खेल्नेछ । यस्तै, समूहबाट सेरिफ र ओमोनिया बाहिरिएका छन् । 
 



Author

थप समाचार
x