‘फुटबल हेर्ने निकायहरू खेलाडीको हितप्रति चिन्तित छैनन्’
काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले फुटबल सञ्चालन गर्ने निकायहरू खेलाडीको हितबारे चिन्तित नभएको बताएका छन् ।
घाइते भएका टोटेनहमका क्रिस्टियन रोमेरो, रिचार्लीसन र सोन हेउङग-मिनले प्रिमियर लिग अन्तर्गत आइतबार हुने लिभरपुलविरुद्धको गुमाउने तथा उनीहरूले कतारमा हुने विश्वकप समेत गुमाउन सक्ने अवस्थामा पुगेपछि कोन्टेको यस्तो प्रतिक्रिया आएको हो ।
बीबीसीले जनाएअनुसार नोभेम्बर २० बाट विश्वकप सुरु हुँदा केवल एक हप्ता अघि मात्र प्रिमियर लिगका खेलहरू स्थगित हुनेछन् भने विश्वकप समाप्त भएको सात दिनपछि नै पुनः लिग सुचारु हुनेछ ।
कोन्टेले यस प्रकारको खेलतालिका निकै कठिन भएका तथा यसले फुटबल नियन्त्रण गर्ने निकाय खेलाडीको हितकाबारे चिन्तित नभएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया