सिटीको जितमा हालान्ड नायक
काठमाडौँ- वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अर्लिङ हालान्डको गोलको मदतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमलाई शनिबार राति २-१ अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान इतिहादमा पहिलो हाफमै १० खेलाडीमा सिमित भएपछि सिटी दवावमा आएको थियो । फुलहमले पहिलो हाफमै १-१ गोलको बराबरी गरेपछि प्रशिक्षक पेप ग्वार्डिओलाले हालान्डलाई मैदान पठाएका थिए । इन्जुरी सयममा पेनाल्टीमा गोल गर्दै हालान्डले जित दिलाए ।
यस अघि १७ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा सिटीका जोआओ कान्सेलोले ह्यारी विल्सलाई लडाएपछि फुलहमले पेनाल्टी पायो । सिटी १० खेलाडीमा सिमित भयो । सोही पेनाल्टीलाई २८ औँ मिनेटमा आन्द्रेस पेरीराले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए ।
जितसँगै सिटी १३ खेलबाट ३२ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फुलहम १९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
शनिबार राति भएको अन्य खेलमा एभर्टनलाई लेस्टरले २-० ले, ब्राइटनले उल्भ्सलाई ३-२, लिड्सले बर्नामाउथलाई ४-३ ले पराजित गर्दा नटिंघम फोरेस्टले ब्रेन्फोर्डसँग २-२ गोलको बराबरी खेलेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया