फुटबल

सिटी पराजित हुँदा आर्सनललाई ५ अंकको अग्रता

इकागज |
कात्तिक २७, २०७९ आइतबार ११:२१ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डसँग म्यानचेस्टर सिटी पराजित हुँदा आर्सनलले ५ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डले सिटीलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

ब्रेन्टफोर्डको जितमा इभान टोनीले दुबै गोल गरे । सिटीका लागि एकमात्र गोल फोडेनले गरे । ​अर्कोतर्फ शीर्ष स्थानको आर्सनलले उल्भ्सलाई २-० गोल अन्तरले पाखा लगायो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुवै गोल गरे ।


जितसँगै आर्सनलले १४ खेलबाट ३७ अंक जोडेको छ भने दोस्रो स्थानको सिटीको केवल ३२ अंक छ ।


Author

थप समाचार
x