फिफा विश्वकपः आज चार खेल हुँदै
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज मंगलबार चार खेल हुँदैछन् । समूह ‘सी’ अन्तर्गत अर्जेन्टिना र साउदी अरेबिया तथा मेक्सिको र पोल्यान्डबीच खेल हुने भएको छ ।
अर्जेन्टिना र साउदी अरेबियाबीचको खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । त्यसैगरी, मेक्सिको र पोल्यान्डबीचको खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु हुनेछ ।
यता समूह ‘डी’ अन्तर्गत डेनमार्क र ट्युनिसिया तथा फ्रान्स र अस्ट्रेलियाबीच खेल हुने भएको छ ।
डेनमार्क र ट्युनिसियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजे तथा फ्रान्स र अस्ट्रेलियाबीचको खेल अल जानोब स्टेडियममा राति पौने १ बजेबाट सुरु हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया