कोस्टारिकाद्वारा जापान पराजित
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तर्गत कोस्टा रिकाले पहिलो जित हात पारेको छ । अहमद बिन अली स्टेडियममा भएको समूह 'ई' अन्तर्गतको खेलमा कोस्टा रिकाले जापानलाई पराजित गरेको हो ।
कोस्टारिकाले जापानलाई १-० ले पराजित गर्यो । कोस्टारिकालाई जित दिलाउन केशर फुलरले ८१ औँ मिनेटमा गरेको एक मात्र गोल पर्याप्त रह्यो ।
यस जितसँगै कोस्ट रिकाले महत्वपूर्ण ३ अंक जोड्नुका साथै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि कायमै राखेको छ ।
यसअघि पहिलो खेलमा कोस्टा रिकाले स्पेनसँग ७-० को पराजय भोगेको थियो । अर्कोतर्फ जापानले भने पहिलो खेलमा जर्मनीलाई २-१ ले पराजित गरेको थियो ।
यस नतिजासँगै समूह 'ई' बाट नकआउट चरणमा प्रवेश गर्ने चार वटै टिमको सम्भावना कायमै रहेको छ ।
जापान, कोस्टा रिका र स्पेनको समान ३-३ अंक रहेको छ । जर्मनी भने अंकविहिन छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया