फुटबल

फिफा विश्वकपः पोर्चुगल अन्तिम १६ मा

इकागज |
मंसिर १३, २०७९ मंगलबार २:४४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत पोर्चुगल एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह 'एच' मा रहेको पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रो खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्‍यो ।


पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेज दुबै गोल गरे । ब्रुनोले खेलको ५४ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

ब्रुनोले दोस्रो गोल दोस्रो हाफको इन्जुरी समयमा गरे । उनले दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए । उरुग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र बललाई हातले छोएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।

यसअघि पहिलो खेलमा पोर्चुगलले घानालाई ३-२ ले पराजित गरेको थियो । उरुग्वेले भने पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरी खेलेको थियो ।  


Author

थप समाचार
x