अर्जेन्टिनी मिडफिल्डर मारियाले सन्यासबारे पुनःविचार गर्ने
काठमाडौँ- अर्जेन्टिना फुटबल टिमका मिडफिल्डर एन्जेल डी मारियाले आफ्नो सन्यासबारे पुनःविचार गर्ने भएका छन् ।
अर्जेन्टिनालाई कतारमा गत आइतबार सम्पन्न फिफा विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कुरामा पुनर्विचार गर्ने बताएको स्थानीय टीवाईसी स्पोर्टसले जनाएको छ ।
यसअघि मारियाले कतारको विश्वकप फुटबलपछि आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । तर, विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि ३४ वर्षीय युभेन्टसका विंगर मारियाले त्यसबारे पुनः सोच्ने बताएका हुन् ।
उनी सन् २०२४ मा हुने कोपा अमेरिकासम्म टिममा रहने अपेक्षा गरिएको छ । सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका मारियाले अर्जेन्टिनाका लागि १२९ खेल खेलका छन् ।
अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै कतार विश्वकपको उपाधि जितेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया