फुटबल

प्रिमियर लिगः सिटीद्वारा चेल्सी पराजित

इकागज |
पुस २२, २०७९ शुक्रबार ९:१३ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीमाथि जित हात पारेको छ । बिहीबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटीले चेल्सीलाई १-० गोलअन्तरले पराजित गर्‍यो ।

सिटीको जितमा एकमात्र निर्णायक गोल रियाद महरेजले गरे । महरेजले ६३ औँ मिनेटमा गरेको गोलसँगै सिटीले महत्वपूर्ण ३ अंक हात बटुल्यो ।


जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दुरी पनि घटाएको छ । समान १७ खेल खेलेका आर्सनलको ४४ अंक हुँदा सिटीको ३९ अंक छ ।


Author

थप समाचार
x