फुटबल

खेल मिलेमतोमा लागेको भन्दै केन्याका १४ खेलाडी निलम्बनमा

इकागज |
माघ १, २०७९ आइतबार १४:२० बजे

काठमाडौँ-  खेल मिलेमतोमा संलग्न रहेको भन्दै फुटबल केन्या फेडेरेसनले १४ खेलाडी र २ प्रशिक्षकलाई निलम्बन गरेको छ । उनीहरुमाथि राष्ट्रिय लिगका क्रममा मिलेमतो गरेको आरोप लागेको अलजजिराले जनाएको छ ।

फिफाको इन्टेग्रिटी युनिटले सन् २०२१ मा उनीहरुलाई खेल मिलेमतोमा संलग्न भएको प्रमाणित गरेको थियो । निलम्बनमा परेका मध्ये ६ जना जू केचिको एफसीका रहेका छन् । उनीहरुलाई यसअघि नै केन्यन प्रिमियर लिगबाट निलम्बन गरिएको थियो । टस्कर क्लबका एक खेलाडी पनि रहेका छन् ।


यसअघि सन् २०२० मा फिफाले खेल मिलेमतोमा संलग्न भएको भन्दै केन्याका चार खेलाडीलाई आजीवन प्रतिबन्ध लगाएको थियो ।


Author

थप समाचार
x