रियललाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कप
काठमाडौँ- बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि हात पारेको हो ।
बार्सिलोनाको मुख्य प्रशिक्षक भएको १४ महिनापछि जाभी हर्नान्डेजले बार्सिलोनालाई पहिलो उपाधि दिलाएका हुन् ।
बार्सिलोनालाई उपाधि दिलाउन गाभी, रोवर्ट लेवान्डोस्की र पेड्रीले एक-एक गोल गरे । रियलका लागि करिम बेन्जेमाले एक गोल फर्काए ।
गाभीले ३३ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए भने लेवान्डोस्कीले ४५ औँ तथा पेड्रीले ६९ औँ मिनेटमा गोल गर्दै ३-० को अग्रता दिलाए । रियलका बेन्जेमाले भने दोस्रो हाफको अतिरिक्त समयमा एक गोल फर्काए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया