फुटबल

नेपाल–भियतनामबीचको खेल सुरु, नेपाली खेलाडी को कुन पोजिसनबाट खेल्दैछन् ?

इकागज |
चैत २५, २०७९ शनिबार १८:५ बजे

काठमाडौं–काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीचको खेल सुरु भएको छ । पेरिस ओलम्पिक २०२४ को छनोट अन्तर्गत भियतनामजिरुद्धको पहिलो चरणको दोस्रो खेल सुरु भएको हो । 

आज नेपाली महिला राष्ट्रिय टोलीमा एक परिवर्तनसमेत भएको छ । आज नियमित जस्तै खेलाडी रश्मीकुमारी द्धिसिङ बेन्चमा छिन् । उनको ठाउँमा मुख्य प्रशिक्षक अनन्तराज थापाले विमला चौधरीलाई पहिलो रोजाइमा राखेका छन् ।


नेपाली टोलीको आक्रमण फरवार्ड सावित्रा भण्डारीसँगै विमला चौधरी र अमिषा कार्कीले सम्हाल्नेछिन् । मिडफिल्डबाट दिपा शाही, अनिता केसी र सरु लिम्बुले मिडफिल्डबाट थप साथ दिनेछन्् ।

यस्तै डिफेन्समा अमृता जैशी र समीक्षा घिमिरेको जोडी मध्यभागमा हुनेछ । विमला विक र हिराकुमारी भुजेलले विंगब्याकमा खेल्नेछन् । गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बा छिन् ।

मिडफिल्डरद्वय रेनुका नगरकोटे र अनिता बस्नेतसँगै रश्मी कुमरी घिसिङ र सविता रानामगर वैकल्पिक खेलाडीको रुपमा छन् । फरवार्डको विकल्पमा रेखा पौडेल र निर्मला विक छन् ।

बेन्चमा अन्जना राना मगर र उषा नाथसँगै डिफेन्डर सिर्जना चेम्जोङ डेब्युको प्रतीक्षामा रहँदा पुजा राना र निशा थोकर पनि बेन्चमा छन् । 
नेपाल पहिलो खेलमा भियतनामसँग ५–१ ले पराजित भएको थियो ।
 


Author

थप समाचार
x