फुटबल

‘मेस्सी र रोनाल्डोकै स्तरमा हालान्ड’

इकागज |
चैत २६, २०७९ आइतबार ९:३१ बजे

काठमाडौँ- म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गार्डियोलाले आफ्ना नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्डको स्तर लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोझै रहेको दाबी गरेका छन् ।

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति सिटीले साउथाम्पटनलाई ४-१ गोलअन्तरले पराजित गर्दा हालान्डले दुई गोल गरेका थिए । तर हालान्डले ६८ औँ मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोल भने उत्कृष्ट भएको भन्दै चर्चाको विषय बनेको बीबीसीले जनाएको छ ।


हालान्डले दोस्रो गोल बाइसाइकल किकमार्फत गरेका थिए । जुन प्रिमियर लिगकै उत्कृष्ट गोलको रूपमा विश्लेषण गरिएको छ ।

साउथाम्पटनविरुद्ध २२ वर्षीय हालान्डले खेल्नेमा शंका उत्पन्न भइरहँदा उनी मैदानमा उत्रिए र दुई गोल गरे । साउथाम्पटनमाथिको जितसँगै सिटीले लगातार ८ खेलमा सुखद नतिजा हात पारेको छ ।

‘हामीले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीसँग दुई अविश्वसनीय दशकहरू बितायौँ र हालान्ड अहिले उनीहरूकै स्तरमा छन् । हालान्डले गरेको दोस्रो गोल आश्चर्यमा पार्ने खालको थियो,’ गार्डियोलाले भने ।

गार्डियोलाले सिटीका मालिकले हालान्डलाई यस्तै खाले खेलका लागि खरिद गरेको बताउँदै टिमले सोचेजस्तो खेल्न नसकेपनि हालान्डले गोल गरिरहेको समेत बताए ।


Author

थप समाचार
x