Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

फुटबल

अन्तिम समयमा दुई गोल गर्दा हारबाट जोगियो आर्सनल

इकागज |
बैशाख ९, २०८० शनिबार ८:५८ बजे

काठमाडौँ- अन्तिम समयमा दुई गोल गर्दा इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनल हारबाट जोगिएको छ । शुक्रबार राति भएको खेलमा आर्सनलले साउथाम्पटनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

साउथाम्पटनका लागि कार्लोस अल्कारेज, थियो वालकोट र डुजे कालेटा-कारले एक-एक गोल गरे । आर्सनलका लागि गाब्रियल मार्टिनेली, मार्टिन ओडेगार्ड र बुकायो साकाले एक-एक गोल फर्काए ।


कार्लोसले खेलको पहिलो मिनेटमै गोल गर्दै साउथाम्पटनलाई अग्रता दिलाए भने वालकोटले १४ औँ मिनेटमा अग्रता दोब्बर बनाए । आर्सनलका गाब्रियलले २० औँ मिनेटमा एक गोल फर्काए ।

डुजेले ६६ औँ मिनेटमा गोल गर्दै साउथाम्पटनलाई ३-१ को अवस्थामा पुर्‍याए । तर आर्सनलका मार्टिनले ८८ औँ तथा बुकायोले ९० औँ मिनेटमा गोल गरेपछि आर्सनलले एक अंक खोस्यो ।

आर्सनलको यो लगातार तेस्रो बराबरी हो । यससँगै आर्सनलले ३२ खेलबाट ७५ अंक जोडेको छ । साविक विजेता तथा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले भने ३० खेलबाट ७० अंक बटुलेको छ ।

साउथाम्पटन भने ३२ बाट २४ अंक सहित लिगको पुछारमा रहेको छ ।


Author

थप समाचार
x