ए डिभिजन लिग : संकटा, मछिन्द्र, खुमलटार र एपीएफलाई जरिवाना
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले संकटा क्लब, मछिन्द्र फुटबल क्लब, एफसी खुमलटार र एपीएफ फुटबल क्लब तथा पदाधिकारीलाई कारवाही गरेको छ ।
राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत आचारसंहिता उल्लंघन गरेको भन्दै ती चार क्लब र क्लबका पदाधिकारीहरुलाई कारवाही गरिएको एन्फाले जनाएको छ ।
अप्रिल १६ मा एपीएफ क्लबविरुद्धको खेल सुरु हुन ढिलो गराएको भन्दै संकटालाई १० हजार जरिवाना तोकिएको छ । त्यसैगरी, सोही खेलको दोस्रो हाफ सुरु हुन ढिलो गराएको भन्दै एपीएफ क्लबलाई ५ हजार जरिवाना गरिएको छ ।
एपीएफका पदाधिकारी जिवेश पाण्डेलाई मैदानमा प्रवेश गरी खेल ढिलो गराएको भन्दै ८ खेलका लागि प्रतिवन्ध लगाइनुका म्याच अफिसियल ज्ञ्यान बहादुर मोक्तानमाथि हातपात गरेकोमा १० हजार जरिवाना तोकिएको छ ।
मछिन्द्रविरुद्धको खेलपछि ड्रेसिङ रुमको कुर्सी भाचेको भन्दै खुमलटारलाई १० हजार तथा न्यूरोड टिमविरुद्धको खेलका क्रममा रेफ्रीमाथि आक्रमण गरेको भन्दै मछिन्द्रलाई १० हजार जरिवाना तोकिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया