ब्रेन्टफोर्डलाई हराउँदै लिभरपुल विजयी
काठमाडौँ- मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल विजयी भएको छ ।
शनिबार राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले पराजित गर्दै लिभरपुल विजयी भएको हो ।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको १३औं मिनेटमा गोल गर्दै सालाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए। भर्जिल भान्डाइकले पासलाई सदुपयोग गर्दै सालाहले पहिलो हाफमा नै १–० को अग्रता कायम गराउन सफल भए ।
त्यसपछि दुवै टिमबाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैबाट पनि गोल हुन सकेन । अन्ततः खेल १–० मा नै टुंग्याउँदै लिभरपुल विजयी भयो ।
लिग तालिकाको पाँचौ स्थानमा रहेको लिभरपुलले यस जितसँगै ३५ खेलबाट ६२ अंक बटुलेको छ भने समान खेलबाट ५० अंकसहित ब्रेन्टफोर्ड नवौं स्थानमा सिमित रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया