म्यानचेस्टर सिटीलाई उपाधि हात पार्न केवल एक जित आवश्यक
काठमाडौँ- इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ । आइतबार राति भएको खेलमा घरेलु टोली एभर्टनलाई ३-० ले पराजित गर्दै उपाधिको सम्भावना बढाएको हो । यससँगै म्यानचेस्टर सिटीलाई लगातार तेस्रो पटक लिगको उपाधि हात पार्न केवल एक जित आवश्यक छ ।
एभर्टनमाथिको जितसँगै शीर्ष स्थानको सिटीले ३५ खेलबाट ८५ अंक जोडेको छ । यता ३६ खेल खेलेको दोस्रो स्थानको आर्सनलको ८१ अंक छ । सिटीले आर्सनलसँगको दूरी ४ अंकमा पुर्याएको छ ।
म्यानचेस्टरले पहिलो हाफमा नै दुई गोल गरेको थियो । पहिलो हाफको ३७ औँ मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाएको केही बेरमा अर्थात ३९ औँ मिनेटमा अर्लिङ हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २-० को अग्रता दिलाउन सफल भए ।
यसैगरी दोस्रो हाफको ५१ औँ मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३-० को जितको स्थितिमा ल्याइदिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेनन्, अन्ततः म्यानचेस्टर ३-० को अग्रतासहित उपाधि होडतर्फ थप अग्रसर हुन पुग्यो ।
एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७ औँ स्थानमा सिमित रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया