फुटबल

मेस्सी अमेरिकी क्लब मियामीबाट खेल्ने

इकागज |
जेठ २४, २०८० बुधबार २०:२५ बजे

फाइल फोटो

काठमाडौँ - अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीबाट खेल्ने भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका अर्जेन्टिनी फरवार्ड मेस्सीले मियामीबाट खेल्ने बीबीसीले जनाएको छ ।

२०२१ मा पीएसजी गएका मेस्सीले दुई वर्षको सम्झौता सकिएपछि  यस सिजनको अन्त्यसँगै पीएसजी छाडेका हुन् । उनले साउदी अरेवियाको अल(हिलालको प्रस्ताव अस्विकार गर्ने समेत बीबीसीले जनाएको छ ।


मेस्सीले मियामीबाट खेल्दा एडिडास र एप्पलजस्ता ब्रान्डको प्रायोजन पनि पाउनेछन् । मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा गरि ७४ खेल खेल्दै ३२ गोल गरेका थिए ।


Author

थप समाचार
x