स्पेनका नाभास बने विश्वकप, युरो कप र नेसन्स लिग जित्ने पहिलो खेलाडी
काठमाडौँ- स्पेनका जेसस नाभास विश्वकप, युरो कप र युइएफए नेसन्स लिग जित्ने पहिलो खेलाडी बनेका छन् । स्पेनले क्रोएसियालाई हराउँदै युईएफए नेसन्स लिगको च्याम्पियन बनेसँगै नाभास विश्वकप, युरो कप र नेसन्स लिग जित्ने पहिलो खेलाडी बनेका हुन् ।
सेभिल्लाबाट व्यावसायिक फुटबल खेल्दै आएका ३७ वर्षीय राइट ब्याक नाभास स्पेनका पुरानो खेलाडी हुन् । नाभास सन् २०१० को विश्वकप र सन् २०१२ मा युइएफए युरोपियन च्याम्पियनसिप जित्ने स्पेनिस टोलीको हिस्सा थिए ।
आइतबार राती भएको नेसन्स लिगको फाईनल खेलमा स्पेनले क्रोएसियालाई टाइब्रेकरमा ५–४ गोलले पराजित गरेको थियो ।
सेभिल्लाका कप्तान समेत रहेका नाभासले गत सिजन क्लबबाट खेल्दा युइएफए युरोपा लिग पनि जितेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया