पाकिस्तानमाथि नेपालको सान्त्वना जित

काठमाडौँ- १४ औं संस्करणको साफ च्याम्पियनसीप फुटबलअन्तर्गत नेपाल सान्त्वना जित हात पारेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० ले पराजित गरेको हो । नेपालका लागि आशिष चौधरीले ८० औ मिनेटमा निर्णायक गोल गरे ।
यसअघि समूह 'ए' मा रहेको नेपालले कुवेत र भारतसँग पराजित हुँदै सेमिफाइनल दौडबाट बाहिरिसकेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया