फुटबल

नेपालको फिफा वरीयता खस्कियो

इकागज |
असार १४, २०८० बिहीबार १५:५७ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको वरीयता खस्किएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झरेको हो ।

यसअघि १ सय ७५ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १ सय ७५ स्थानमा झरेको छ । नेपाल भर्खरै साफ च्याम्पियनसीपको समूह चरणबाटै बाहिरिएको थियो ।


साफ राष्ट्रहरुमध्ये भारत (१०० औँ) तथा माल्दिभ्स (१५४) भने नेपाल भन्दा माथि रहेका छन् । भुटान (१८४), बंगलादेश (१९२), पाकिस्तान (२०१) तथा श्रीलंका (२०७) भने नेपाल भन्दा पछाडी छन् ।   


Author

थप समाचार
x