फुटबल

मेस्सी र एमबाप्पेलाई पछि पार्दै रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

इकागज |
असार ३०, २०८० शनिबार १६:४ बजे

काठमाडौँ- पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । रोनाल्डोले २०२३ मा सर्वाधिक कमाउने खेलाडीको गिनिज वर्ल्ड रेकर्ड समेत कायम गरेका छन् ।  

फोर्ब्सले जनाएअनुसार रोनाल्डोले एक वर्षमा १३६ मिलियन अमेरिकी डलर कमाएका हुन् । उनी सन् २०१७ पछि पहिलो पटक सर्वाधिक कमाउने खेलाडीको शीर्ष स्थानमा पुगेका हुन् ।


सन् २०२२ मा भने अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी सर्वाधिक कमाउने खेलाडीका रूपमा रहेका थिए ।

रोनाल्डोले भने फुटबल खेलबाटै ४६ मिलियन डलर तथा अन्य स्रोतबाट ९० मिलियन डलर कमाएका हुन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट साउदी अरेबियन क्लब अल-नासरमा आबद्ध भएपछि उनको पारिश्रमिक दोब्बर भएको थियो ।

मेस्सीले भने समग्रमा १३० मिलियन डलर कमाउँदा उनले फुटबल खेलबाट ६५ मिलियन तथा अन्य स्रोतबाट ६५ मिलियन कमाएका छन् ।

फ्रान्सेली स्ट्राइकर कायलियन एमबाप्पे सर्वाधिक कमाउने खेलाडीको तेस्रो स्थानमा छन् । उनले समग्रमा १२० मिलियन डलर कमाएका छन् । उनले फुटबल खेलबाट १०० मिलियन तथा अन्य स्रोतबाट २० मिलियन डलर कमाएका छन् ।


Author

थप समाचार
x