फिफा विश्वकप : स्पेनको शानदार सुरुवात
काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत स्पेनले शानदार सुरुवात गरेको छ ।
समूह ‘सी’ अन्तर्गत न्यूजिल्यान्डको वेलिङ्टनमा भएको खेलमा स्पेनले कोस्टा रिकालाई ३-० गोलअन्तरले पराजित गरेको हो ।
स्पेनका लागि अइताना बोनमाती र इस्थर गोन्जालेजले एक-एक गोल गर्दा कोस्टा रिकाकी भालेरिया डेल काम्पोले आत्मघाती गोल गरे ।
भालेरियाले २१ औँ मिनेटमा आत्मघाती गोल गरेपछि स्पेनले अग्रता लिएको थियो ।
२३ औँ मिनेटमा बोनमाती तथा २७ औँ मिनेटमा गोन्जालेजले एक-एक गोल थपे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया