महिला विश्वकपः एक गोलले पछि परेको स्विडेनले दक्षिण अफ्रिकालाई हरायो
काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै स्विडेनले दक्षिण अफ्रिकामाथि जित हात पारेको छ ।
समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा आज भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २-१ ले पराजित गरेको हो ।
स्विडेनको जितमा अमान्डा इलेस्टेड र फ्रिडोलिना रोल्फोले एक-एक गोल गरे । दक्षिण अफ्रकाका लागि हिलदाह मगाइयाले एक गोल गरिन् ।
हिलदाह मगाइयाले ४८ औँ मिनेटमा गोल गर्दै दक्षिण अफ्रिकालाई सुरुवाती अग्रता दिलाइन् । तर गोल गर्ने क्रममा घाइते भएपछि उनी मैदानबाट बाहिरिएकी थिइन् ।
यता ६५ औँ मिनेटमा फ्रिडोलिना रोल्फोले स्विडेनका लागि गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्याइन् ।
तर अमान्डाले ९० औँ मिनेटमा गोल गर्दै स्विडेनको जित सुनिश्चित गरिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया