सन् २०२६ विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग भिड्ने
काठमाडौँ- फिफा विश्वकप २०२६ को पहिलो चरणमा नेपालले लाओससँग भिड्ने भएको छ ।
होम एन्ड अवे ढाँचा अनुसार पहिलो लेगको खेल नेपालमा र दोस्रो लेग लाओसमा हुनेछ । खेल असोज २५ र असोज ३० गते हुनेछ ।
नेपालले पहिलो चरण पार गरेमा नौ समूहमध्ये एकमा पर्नेछ । समूहमा चार-चार टोली हुनेछन् । दोस्रो चरण नोभेम्बर २०२३ र जुन २०२४ बीचमा होम एन्ड अवे ढाँचामा प्रत्येक टोलीसँग खेल्नेछ ।
प्रधानमन्त्री थ्री नेसन्स कप २०२३ मा नेपालले लाओसलाई २–१ ले हराएर उपाधि जितेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपालले लाओसलाई २–० ले हराएको थियो ।
नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले यसअघि नै छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।
नेपाली टोली:
गोलकिपरः किरणकुमार लिम्बु, अनिश देउला, दीप कार्की, अभिषेक बराल
डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमन्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई
मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, पौडेल
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ), अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया