फिफा महिला विश्वकपः पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै
काठमाडौँ- पोर्चुगल फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ । समूह ‘ई’ मा रहेको पोर्चुगलले आफ्नो पहिलो खेलमा हार बेहोरे पनि दोस्रो खेलमा पहिलो जित निकाल्दै अन्तिम १६ को सम्भावना कायम राखेको हो ।
न्यूजिल्यान्डको एफएमजी स्टेडियम वाइकाटो आज भएको खेलमा भियतनामलाई २-० ले पराजित गर्दै पोर्चुगलले पहिलो जित हात पारेको हो ।
आजको खेलमा पोर्चुगललाई जित दिलाउन तेल्मा एनकार्नाकाओ र फ्रान्सिस्का नाजारेथले एक-एक गोल गरे ।
एनकार्नाकाओले ७ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउँदा नाजारेथले २१ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गरिन् ।
यससँगै पोर्चुगलले २ खेलबाट ३ अंक जोडेको छ । यसै समूहमा रहेको अमेरिका र नेदरल्यान्डको ४-४ अंक रहेको छ । भियतनामले भने कुनै अंक जोडेको छैन ।
पोर्चुगलले अन्तिम खेलमा अमेरिकाको सामना गर्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया