फिफा महिला विश्वकप : आयोजक अस्ट्रेलियामाथि नाइजेरियाको रोमाञ्चक जित
काठमाडौँ- नाइजेरियाले आयोजक अस्ट्रेलियामाथि रोमाञ्चक जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
एमिली वैन एगमोंदले पहिलो हाफको अतिरिक्त समयमा अस्ट्रेलियालाई अग्रता दिलाएकी थिइन् ।
तर, त्यो अग्रता ४ मिनेटसम्म मात्र टिक्यो । नाइजेरियाकी उचेना कानुले पहिलो हाफको अतिरिक्त समयमा नै गोल गरेर पहिलो हाफ बराबरीमा सकेको थियो ।
ओसिनाची ओहालेले ६५ औँ मिनेटमा र असिसात ओशोआलाले ७२ औँ मिनेटमा गोल गरेर नाइजेरियालाई जित दिलाइन् ।
एलाना केनेडीले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेता पनि हारबाट बचाउन सकिनन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया