फिफा विश्वकपः अर्जेन्टिनाले दक्षिण अफ्रिकासँग बराबरी खेल्यो
काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् ।
समूह ‘जी’ अन्तर्गत अर्जेन्टिना र दक्षिण अफ्रिकाले २-२ गोलको बराबरी खेलेका हुन् ।
बराबरीसँगै दुबै टोलीको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ ।
यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकाले स्विडेनसँग २-१ तथा अर्जेन्टिनाले इटालीसँग १-० को पराजय भोगेका थिए ।
समान २-२ खेल खेलेका दक्षिण अफ्रिका र अर्जेन्टिनाको केवल १-१ अंक छ । यता पहिलो खेलमै जित हात पारेका स्विडेन र इटालीको समान ३-३ अंक छ ।
आज भएको खेलमा लिन्डा मोट्थालोले ३० औँ मिनेटमा दक्षिण अफ्रिकालाई अग्रता दिलाइन् भने थेम्बी गाट्लानाले ६६ औँ मिनेटमा अग्रता दोब्बर बनाइन् ।
तर अर्जेन्टिनाकी सोफिया ब्राउनले ७४ औँ मिनेट तथा रोमिना नुनेजले ७९ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्याए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया