फुटबल

राष्ट्रिय फुटबल टिमः प्रारम्भिक टोलीमा ३ खेलाडी थप

इकागज |
साउन १२, २०८० शुक्रबार १४:१ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक टिममा ३ खेलाडी थपेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार भिन्सेन्जोले प्रारम्भिक टिममा ३ खेलाडी थपेका हुन् । यससँगै प्रारम्भिक टिममा ३३ खेलाडी पुगेको छ ।


भिन्सेन्जोले फ्रेन्ड्स क्लबका मिडफिल्डरद्वय सन्तोष खत्री र कुशल फुयाल तथा जावलाखेल युथ क्लबका फरवार्ड हिसब थपलियालाई टिममा बोलाएका हुन् ।

नेपालले २०२६ को फिफा विश्वकपको प्रारम्भिक चरणको छनोटमा लाओसविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालले लाओसविरुद्धको पहिलो लेग अक्टोबर १२ तथा दोस्रो लेग अक्टोबर १७ मा खेल्ने तालिका रहेको छ ।

भिन्सेन्जोले जनाएअनुसार मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडीहरु क्लब प्रतियोगितामा व्यस्त हुने भएकाले थप खेलाडीलाई टिममा बोलाइएको बताए ।

नेपालको प्रारम्भिक टिमः

गोलरक्षकः किरण चेम्जोङ, अनिश देउला, दिप कार्की, अभिषेक बराल

डिफेन्डरः बिमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अन्जन राई

मिडफिल्डरः एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, कृतिश रन्त छुन्जु, सन्तोष खत्री र कुशल फुयाल

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन र हिसब थपलिया ।


Author

थप समाचार
x