फिफा विश्वकप : डेनमार्कविरुद्ध इंग्ल्यान्डका खेलाडीले किन लगाए कालो पट्टी ?
काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत इंग्ल्यान्डका खेलाडीहरूले डेनमार्कविरुद्ध कालो पट्टी बाँधेर मैदानमा उत्रिएका छन् ।
समूह ‘डी’ अन्तर्गत अस्ट्रेलियाको सिड्नी फुटबल स्टेडियममा जारी खेलका क्रममा इंग्ल्यान्डका खेलाडीहरूले हातमा कालो पट्टी बाँधेका हुन् ।
खासमा इंग्ल्यान्डका खेलाडीहरूले कालो पट्टी बाँध्नुका कारण भने इंग्ल्यान्डका पूर्व खेलाडी ट्रेभोर फ्रान्सिसलाई श्रद्धाञ्जली अर्पण गर्नु रहेको डेली-मेलले जनाएको छ ।
फ्रान्सिसको ६९ वर्षको उमेरमा गत हप्ता निधन भएको थियो । उनले इंग्ल्यान्डका लागि ५२ खेल खेल्दै १२ गोल गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया