ब्राजिल समूह चरणबाट बाहिरियो, पानामाको पोस्टमा फ्रान्सकाे ६ गोल
काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत ब्राजिल समूह चरणबाट बाहिरिएको छ । जमैकाविरुद्धको खेल बराबरीमा सकिएपछि ब्राजिल समूह चरणबाट बाहिरिएकाे हाे ।
समूह ‘एफ’ अन्तर्गत अस्ट्रेलियाको मेलबोर्न स्टेडियममा भएको खेलमा कुनै गोल भएन । जमैकाले ३ खेलमा ५ अंक जोड्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो ।
ब्राजिलले ३ खेलमा ४ अंक मात्र जोड्यो ।
यसै समूहको अर्को खेलमा फ्रान्सले पानामालाई हराउँदै समूह विजेता बनेको छ । फ्रान्सले पोस्टको पोस्टमा ६ गोल गरेको हो ।
फ्रान्सले पानामालाई ६-३ गोलले पराजित गरेको हो । जितसँगै फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया