म्यानचेस्टर सिटीले भित्र्यायो लाइप्जिगका डिफेन्डर गार्डिओल
काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइप्जिगका डिफेन्डर जोस्को गार्डिओललाई भित्र्याएको छ ।
२१ वर्षीय क्रोएसियाली डिफेन्डर गार्डिओललाई सिटीले ७७.६ मिलियन पाउण्डमा भित्र्याएको बीबीसीले जनाएको छ ।
गार्डिओल सिटीमा भित्रँदा उनी प्रिमियर लिगका दोस्रो सबैभन्दा महँगा डिफेन्डर बनेका छन् ।
म्यानचेस्टर युनाइटेडले सन् २०१९ मा ह्यारी म्यागुइरका लागि लेस्टर सिटीलाई ८० मिलियन पाउण्ड तिरेको थियो ।
सिटीमा आएका ग्वार्डिओलले भने, ‘मैले सधैं एक दिन इंग्ल्यान्डमा खेल्ने सपना देखेको थिए ।'
सन् २०२१ मा डायनामो जाग्रेबबाट लाइप्जिग आएका गार्डिओलले ८७ खेल खेलेका थिए । उनले लाइप्जिगलाई आफ्नो दुई सिजनमा जर्मन कपको उपाधि जिताउन र दुई पटक च्याम्पियन्स लिगमा पुर्याउन मद्दत गरे ।
गार्डिओलले सिटीमा क्रोएसियाली अन्तर्राष्ट्रिय माटेओ कोभासिकसँग खेल्नेछन् ।
क्रोएसियाका लागि २१ खेल खेल्दा दुई गोल गरेका गार्डिओलले आफ्नो देशलाई २०२२ को विश्वकपमा तेस्रो स्थानसम्म पुर्याउन मदत गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया