फुटबल

फिफा विश्वकप : साविक विजेता अमेरिका विश्वकपको अन्तिम १६ बाट बाहिरियो

इकागज |
साउन २१, २०८० आइतबार १७:३४ बजे

काठमाडौँ- साविक विजेता अमेरिका फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । चार पटककाे विश्वकप विजेता अमेरिका पहिलाे पटक क्वार्टरफाइनलमा पुग्नबाट राेकिएकाे हाे ।
  
अस्ट्रेलियाको मेलबोर्न रेक्टाङ्गुलर स्टेडियममा आज भएको अन्तिम १६ को प्रतिस्पर्धात्मक खेलमा अमेरिकालाई पेनाल्टीमा ५-४ ले पराजित गर्दै स्वीडेन अन्तिम ८ मा प्रवेश गरेको हो । 

स्वीडेन र अमेरिकाबीचको खेलको निर्धारित समयमा दुवै पक्षबाट कुनै गोल हुन सकेन । खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा पनि कुनै टिमबाट गोल नभएपछि खेल पेनाल्टीमा पुगेको हो । 


स्वीडेनका लागि फ्रिडोलिना रोलफो, एलिन रुबेनसन, हँना बेनिसन र लिना हर्टिगले गोल गर्न सफल भए । अमेरिकाका लागि एंडी सुलिवन, लिंडसे होरन, क्रिस्टी मेविस, अलिसा नेहर गोल गर्न सफल भए ।

पराजयले विश्व मञ्चमा अमेरिकी टोलीको वर्चस्व समाप्त पारेको छ । अमेरिका लगातार तेस्रो पटक महिला विश्वकप जित्न असफल भयो । फिफा महिला विश्वकप फुटबलको इतिहासमा अमेरिकी टोलीले यो पहिलो पटक तेस्रो स्थानभन्दा तल आएका हो ।


Author

थप समाचार
x