पारोविरुद्धको खेलका लागि मछिन्द्र तयार छः प्रशिक्षक किशोर केसी
काठमाडौँ- एएफसी कपको प्रारम्भिक चरणअन्तर्गत भुटानको पारो एफसीविरुद्धको खेलका लागि मछिन्द्र फुटबल क्लब तयार रहेको मुख्य प्रशिक्षक किशोर केसीले बताएका छन् ।
मछिन्द्र र पारोबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार साँझ ५:३० बजेबाट सुरु हुनेछ ।
सोमबार आयोजित प्रिम्याच कन्फेरेन्सका क्रममा मछिन्द्रका प्रशिक्षक केसीले खेलका लागि आफ्नो टिम तयार रहेको बताएका हुन् ।
केसीले टिममा थप ७ जनालाई भित्र्याएको तथा उनीहरुलाई आवश्यकताअनुसार मौका दिने समेत जनाए ।
मछिन्द्रका कप्तान विशाल श्रेष्ठले पनि टिम राम्रो अवस्थामा रहेको बताए ।
पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले पनि भुटानमा लिग जारी रहेका कारण टिमको तयारी राम्रो भएको दावी गरे । उनले आफ्ना खेलाडीहरु उच्च लयमा रहेका बताए ।
मछिन्द्र र पारोबीच हुने खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग अगस्ट १६ मा खेल्ने तालिका रहेको छ ।
पारोका कप्तान किनले वाङचुकले टिम तयार रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया