फिफा विश्वकपः १० खेलाडीमा सिमित इंग्ल्यान्ड क्वार्टरफाइनलमा
काठमाडौँ- इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटलबको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा आज भएको प्रि-क्वार्टरफाइनल खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा प्रवेश गरेको हो ।
यसअघि निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटमा दुवै टोलीले गोल रहित बराबरी खेलेका पछि विजेता पेनाल्टीबाट टुंगो लागेको हो ।
पेनाल्टीमा इंग्ल्यान्डका लागि एलेक्स ग्रीनउड, रेचल डैली, बेथ इङ्गल्यान्ड र क्लोई केलीले गोल गरे । नाइजेरियाका लागि रशीदात अजीबेड र क्रिस्टी उचेइबेले मात्र गोल गरे ।
यसअघि लाउरेन जेम्स ८७ औँ मिनेटमा रातो कार्ड खाँदै बाहिरिए पछि इंग्ल्यान्ड १० खेलाडीमा सिमित भएको थियो । तर नाइजेरियाले त्यसको फाइदा उठाउन सकेन ।
इंग्ल्यान्डले अब कोलम्बिया र जाम्बियाबीचको विजेतासँग खेल्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया