फुटबल

फिफा विश्वकप : डेनमार्कलाई हराउँदै आयोजक अस्ट्रेलिया क्वार्टरफाइनलमा

इकागज |
साउन २२, २०८० सोमबार १८:९ बजे

काठमाडौँ- डेनमार्कलाई हराउँदै आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप फुटलबको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको प्रि-क्वार्टरफाइनल खेलमा डेनमार्कलाई २-० गोलले पराजित गर्दै अस्ट्रेलिया अन्तिम ८ मा प्रवेश गरेको हो । खेल हेर्न ७५ हजार ८७४ दर्शक आएका थिए । 


अस्ट्रेलियालाई जित दिलाउन केटलिन फोर्ड र हेले रासोले एक-एक गोल गरे ।

फोर्डले २९ औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाइन् भने रासोले ७१ औँ मिनेटमा गोल गर्दै आयोजक अस्ट्रेलियाको जित सुनिश्चित गरिन् ।

अस्ट्रेलिया सन् २०१५ पछि क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।


Author

थप समाचार
x