महिला विश्वकपः इंग्ल्यान्डकी जेम्समाथि दुई खेलको प्रतिवन्ध
काठमाडौँ- न्यूजिल्यान्ड र अस्ट्रेलियामा संयुक्त रुपमा आयोजना भइरहेको फिफा महिला विश्वकप फुटबलअन्तर्गत रातो कार्ड खाएकी इंग्ल्यान्डकी फरवार्ड लाउरेन जेम्समाथि दुई खेलको प्रतिवन्ध लगाइएको छ ।
नाइजेरियाविरुद्धको खेलका क्रममा जेम्सले रातो कार्ड खाएकी थिइन् । उनको हर्कतका कारण फिफाले उनीमाथि दुई खेलको प्रतिवन्ध लगाएको बीबीसीले जनाएको छ ।
अन्तिम १६ को खेलमा जेम्सले भुइमा लडिरहेकी नाइजेरियाकी मिसेल अलोन्जीलाई खुट्टाले टेकेकी थिइन् । त्यसपछि जेम्सलाई रातो कार्ड देखाइएको थियो ।
तर पेनाल्टी सुटआउटमा खेल इंग्ल्यान्डले जित्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया