लिभरपुलले ब्राइटनका मिडफिल्डरका लागि कीर्तिमानी १११ मिलियन पाउन्ड तिर्न सहमत
काठमाडौँ- लिभरपुलले ब्राइटनका मिडफिल्डर मोइसेस काइसेडोलाई भित्र्याउन कीर्तिमानी मूल्य तिर्न सहमत भएको छ ।
लिभरपुलले इक्वेडरका मिडफिल्डर मोइसेसलाई ब्राइटनबाट १ सय ११ मिलियन पाउन्डमा भित्र्याउन सहमत भएको बीबीसीले जनाएको छ ।
मोइसेसलाई भित्र्याउनका लागि चेल्सीले पनि प्रयास जारी राखेको छ ।
यसअघि ब्राइटनले मोइसेसका लागि एक सय मिलियन पाउन्ड भन्दा बढी रकमको प्रस्ताव राखेको थियो ।
ब्राइटनले सन् २०२१ को फेब्रुअरीमा इन्डिपेन्डियन्टी डेल भालेबाट ४.५ मिलियन पाउन्डमा भित्र्याएको थियो ।
यसअघि चेल्सीले अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजका लागि १ सय ७ मिलियन पाउन्ड तिरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया