इंग्ल्यान्डका कप्तान ह्यारी केन बायर्न म्युनिखमा अनुबन्ध
काठमाडौँ- इंग्ल्यान्डका कप्तान ह्यारी केन जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् ।
बायर्न म्युनिखले केन भित्र्याउन गरेको ११० मिलियन यूरोभन्दा बढी मूल्यको प्रस्ताव टोटनह्यामले बिहीबार स्वीकार गरेको थियो ।
केनले बायर्नसँग चार वर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
३० वर्षीय केनले सामाजिक सञ्जालमा लेख्दै भन्छन्, ‘मैले आफ्नो जीवनको २० वर्ष बिताएको क्लब छोड्दा दुःख लागेको छ ।'
केनले शनिबार राति आरबी लाइपजिगविरुद्ध जर्मन सुपर कपमा बायर्नमा डेब्यु गर्न सक्नेछन् ।
टोटनह्यामका लागि ह्यारी केनले ४३५ खेलमा २८० गोल गरेका थिए । उनले गत सिजन प्रिमियर लिगमा ३० गोल गरे ।
केनले प्रिमियर लिगमा ३२० खेलहरूमा २१३ गोल गर्दै अहिलेका लागि प्रिमियर लिग छाडेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया