फुटबल

पोग्बा म्यानचेस्टर युनाइटेडका लागि महत्वपूर्ण खेलाडी : सोल्स्यार

इकागज |
मंसिर ६, २०७७ शनिबार १५:५७ बजे

काठमाडौं : म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बाले क्लबमा जे जस्तो प्रर्दशन गरे पनि फ्रान्सको राष्ट्रिय टीमका लागि उनी पहिलो एघारमा परिरहने खेलाडी हुन् । क्लबमा बलियो लयका लागि सघंरर्षरत पोग्बा फ्रेन्च राष्ट्रिय टोलीमा निरन्तर परिरहेका छन् ।

केही दिनअघि मात्रै प्रशिक्षक डिडियर डेस्च्याम्पले पोग्बाको विषयमा गम्भीर अभिव्यक्ति दिए । ‘युनाइटेडमा पोग्बाको प्रतिभालाई सही तरिकाले प्रयोग गरिएको छैन । न त उनलाई पर्याप्त खेल समय दिइएको छ न त उनलाई प्रतिभा सुहाउदो भुमिका नै दिइएको छ,’ डेस्च्याम्पले फ्रेन्च मिडियासँग भनेका थिए ।


डेस्च्याम्पको अभिव्यक्ति पछि युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले पोग्बासँग कुरा गरेको बताएका छन् । ‘मैले पोग्बासँग कुरा गरे । क्लबमा पर्याप्त खेल्ने मौका नपाउँदा उनी दुखी हुन्छन् । जो सुकै खेलाडी पनि यस्तो अवस्थामा दुखी हुन्छ नै ।

तर बुझ्नुपर्ने कुरा के हो भने गत सिजन पोग्बाले राम्रो खेल्न सकेनन् । त्यसपछि उनी कोरोना भाइरसबाट पनि प्रभावित भए । तर उनले फ्रान्सका लगि पछिल्ला तीन खेलमा राम्रो गरेका छन् । युनाइटेड र फ्रान्सका लागि उनले खेल्ने स्थान एउटै हो । त्यसकारण पनि उनले खेल्ने स्थान र भूमिका बारेमा धेरै चिन्ता लिन आवश्यक छैन,’ सोल्स्यारले भने ।  

जारी नेसन्स लिगमा पोग्बाले फ्रान्सका लागि चित्तबुझ्दो प्रर्दशन गरेका छन् । फ्रेन्च राष्ट्रिय टोलीका लागि पोग्बाले गरेको प्रर्दशनका आधारमा पनि सोल्स्यारले उनलाई आगामी खेलहरुमा मौका दिन सकिने बताएका छन् । ‘पोग्बा केही समय कोरोना भाईरसका कारण मैदान बहिर रहे । तर अब उनी शारिरक र मानसिक हिसाबमा बलियो देखिन्छन् । पोग्बाले आफूले चाहेको जती खेलमा मौका नपाईरहेको भए पनि उनी युनाइटेडका लागि महत्वपूर्ण खेलाडी हुन् । उनको उपस्थिति हाम्रो टीमका आवश्यक छ,’ सोल्स्यारले थपे ।

सोल्स्याकारले पोग्बा युनाइटेडका लागि महत्वपूर्ण खेलाडी भएको अभिव्यक्ति दिए पनि फ्रेन्च मिडफिल्डरले इंग्लिस क्लब छाड्ने सम्भावना प्रबल छ । गत महिना मात्रै सोल्स्याकरले टोटेनमसँगको खेलमा पोग्बालाइ बेन्चमा राखेपछि पूर्व युभेन्टस खेलाडीले युनाइटेड छाड्ने हल्ला बलियो भएको थियो । पोग्बा आफैले पनि युनाईटेड बसाई करियरको सबैभन्दा अफठ्यारो समयमा परिणत हुदै गएको बताएका थिए ।  एजेन्सीहरूकाे सहयाेगमा


 


Author

थप समाचार
x