पीएसजीले बराबरी खेल्दा एमबाप्पेले मैदान बाहिरबाट हेरेर बसिरहे
काठमाडौँ- फ्रेन्च लिग वानअन्तर्गत पहिलो खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरियन्टसँग बराबरी खेलेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले कायलियन एमबाप्पे र नेयमारलाई मैदानमा बाहिरै राखेको थियो ।
तर पीएसजीले लोरियन्टविरुद्ध गोलरहित बराबरी खेल्दा एमबाप्पे भने दर्शक बनेर खेल हेरिरहेका थिए ।
एमबाप्पे र नेयमार अन्य क्लब जाने चर्चा चलिरहँदा पीएसजीमा उनीहरुको भविष्य अनिश्चित बनेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया