फुटबल

क्लबसँगको वार्तापछि एमबाप्पे फर्किए पीएसजीको प्रशिक्षणमा

इकागज |
साउन २९, २०८० सोमबार १२:३३ बजे

काठमाडौँ- कायलियन एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को पहिलो टोलीसँगको प्रशिक्षणमा फर्किएका छन् । पीएसजीका सिईओ नासर अल-खेलाइफीसँगको वार्तापछि एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् ।

'पीएसजी-लोरियन्टबीचको खेल अघि पेरिस सेन्ट जर्मेन र कायलियन एमबाप्पेबीच धेरै रचनात्मक र सकारात्मक छलफल भयो । छलफलपछि एमबाप्पेलाई पहिलो टोलीको प्रशिक्षणमा पुन: स्थान दिइएको छ,' क्लबले विज्ञप्तिमार्फत जनाएको छ ।


२४ वर्षीय एम्बाप्पेलाई पीएसजीले गत महिना बिक्रीमा राखेको थियो र उनलाई पहिलो टोलीसँग प्रशिक्षण गर्न नदिई अलग्गै प्रशिक्षण गर्न लगाइएको थियो ।

पीएसजीले एमबाप्पेलाई प्रि-सिजन एशिया भ्रमण टोलीबाट समेत बाहिर राखेको थियो । त्यसैगरी, लिग वान सिजनको पहिलो खेलमा पीएसजी बराबरीमा रोकिँदा एमबाप्पेले खेल मैदान बाहिर बसेर हेरेका थिए ।

एमबाप्पेको हालको सम्झौतामा मात्र एक वर्ष बाँकी छ र उनले नयाँ सम्झौतापत्रमा हस्ताक्षर गर्ने वा नगर्ने भन्नेबारे केही खुलाएका छैनन् ।


Author

थप समाचार
x