फुटबल

डुरान्ड कप : त्रिभुवन आर्मी चेन्नईयिन एफसीसँग पराजित

इकागज |
साउन २९, २०८० सोमबार १७:१८ बजे

काठमाडौँ- भारतमा जारी डुरान्ड कप फुटबल प्रतियोगिताअन्तर्गत भारतको चेन्नईयिन एफसीसँग भएको खेलमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लब पराजित भएको छ । 

समूह ‘ई’ अन्तर्गत इन्दिरा गान्धी एथलेटिक स्टेडियममा आज भएको खेलमा आर्मीले चेन्नईयिन एफसीसँग ३-० गोलले हार बेहोरेको हो । 


फारुख चौधरीले खेलको २२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । रहिम अलीले ४० औँ मिनेटमा पेनाल्टी मार्फत गोल गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ८४ औँ मिनेटमा ब्राजिलियन खेलाडी राफेल क्रिवेलारोले गोल गर्दै चेन्नईयिन एफसीको जित सुनिश्चित गरे । 

आर्मीविरुद्धको जितले चेन्नईयिन एफसी प्रतियोगिताको अन्तिम आठमा पुगेको छ ।


Author

थप समाचार
x