फुटबल

फिफा रेफ्री विक्रम चौधरीको निधन

इकागज |
भदौ १, २०८० शुक्रबार १५:२५ बजे

काठमाडौँ- फिफा सहायक रेफ्री विक्रम चौधरीको शुक्रबार निधन भएको छ । नेपाल आर्मीमा आबद्ध रहेका रेफ्री चौधरीको अभ्यासकै क्रममा निधन भएको हो ।

त्रिभुवन आर्मी फुटबल क्लबले चौधरीको निधन भएको पुष्टि गरेको छ ।


चौधरी सेनाको भद्रकालीस्थित मैदानमा शुक्रबारै विहान ९:४५ बजे अभ्यासका क्रममा लडेका थिए । त्यसपछि उनलाई मैदानमै मेडिकल टिमले प्राथमिक उपचार गरेर अस्पताल पुर्‍याइएको थियो ।

तर, छाउनीस्थित सेनाको अस्पतालमा पुर्‍याइदा ३८ वर्षीय चौधरीलाई मृत घोषित गरिएको थियो ।


Author

थप समाचार
x