फुटबल

बुन्डेसलिगाः केनले डेब्यु खेलमा गोल गर्दा बायर्न म्युनिख विजयी

इकागज |
भदौ २, २०८० शनिबार ९:७ बजे

काठमाडौँ- इंग्ल्यान्डका कप्तान ह्यारी केनले जर्मन बुन्डेसलिगाअन्तर्गत डेब्यु खेलमै गोल गर्दा बायर्न म्युनिख विजयी भएको छ ।

वेर्डर ब्रेमेनको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा म्युनिखले वेर्डर ब्रेमनलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।


म्युनिखको जितमा लेरोय सानेले २ तथा केन र म्याथिस टेलले एक-एक गोल गरे ।

केनले बुन्डेसलिगाको डेब्यु खेलमै गोल गरेका हुन् ।


Author

थप समाचार
x