एमबाप्पेले गोल गर्दा पनि पीएसजीको लगातार दोस्रो बराबरी
काठमाडौँ- साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानअन्तर्गत लगातार दोस्रो खेलमा अंक बाँड्न बाध्य भएको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले टोउलोउससँग १-१ गोलको बराबरी खेलेको हो ।
कायलियन एमबाप्पेले ६२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
तर टोउलोउसका जाकारिया अबोखलालले ८७ औँ मिनेटमा पेनाल्टीमै गोल गर्दै पीएसजीसँग एक अंक खोसे ।
पीएसजीले पहिलो खेलमा पनि लोरियन्टसँग गोलरहित बराबरी खेलेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया