फुटबल

जब विश्वकप जिताएपछि मात्र कार्मोनाले थाहा पाइन् बुवा बितेको खबर…

इकागज |
भदौ ४, २०८० सोमबार ११:३३ बजे

काठमाडौँ- स्पेनलाई फिफा महिला विश्वकपको उपाधि दिलाउन निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाले फाइनल खेलपछि मात्र बुवा वितेको खबर पाइन् ।

अस्ट्रेलियामा आइतबार सम्पन्न फाइनलमा इंग्ल्यान्डलाई १-० ले पराजित गर्दै स्पेनले उपाधि जित्दा कप्तान कार्मोनाले निर्णायक गोल गरेकी थिइन् ।


रोयटर्सले जनाएअनुसार कार्मोनाका बुवा लामो समयदेखि बिरामी थिए र उनको शुक्रबार नै निधन भएको थियो ।

तर फाइनल खेलपछि मात्र स्पेनिस फुटबल एसोसियसनले २३ वर्षीया कार्मोनालाई बुवाको निधन भएको जानकारी गराएको थियो ।

स्पेनिस क्लब रियल मड्रिडकी लेफ्ट-ब्याक कार्मोनाले खेल हुनुअगाडि आफूलाई बुवाको निधनबारे जानकारी नभएपनि आफूलाई जहाँ भएपछि हेरेको तथा आफूमाथि गर्व महसुस गरेको हुनुपर्ने सामाजिक सञ्जालमा लेखेकी छन् ।

स्पेनिस संचारमाध्यम रेलेभोले जनाएअनुसार कार्मोनाका परिवार र साथीहरुले फाइनलअघि उनलाई यसबारे जानकारी नगराउने निर्णय लिएका थिए ।


Author

थप समाचार
x