ओडेगार्डले पेनाल्टीमा गोल गर्दा १० खेलाडीमा सिमित आर्सनल विजयी
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आर्सनलले लगातार दोस्रो जित हात पारेको छ ।
सोमबार राति भएको खेलमा १० खेलाडीमा सिमित आर्सनलले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको हो ।
आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले गोल गरे । ओडेगार्डले ५३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
आर्सनलका टाकेहिरो टोमियासु ६७ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिए पनि प्यालेसले गोल फर्काउन सकेन ।
यससँगै दुई खेलबाट ६ अंक जोड्दै आर्सनल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान ६-६ अंक भएपनि गोलअन्तरमा ब्राइटन शीर्ष तथा म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया