फुटबल

खेलाडीको ओठमै चुम्बन गरेका स्पेनिस एफएका अध्यक्ष लुइसले मागे माफी

इकागज |
भदौ ५, २०८० मंगलबार ९:२७ बजे

काठमाडौँ- आफ्ना खेलाडीको ओठमै चुम्बन गरेका स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुविअलेसले माफी मागेका छन् ।

न्यूजिल्यान्ड र अस्ट्रेलियामा सम्पन्न भएको फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जित्दा लुइसले जेनी हर्मोसोको ओठमै चुम्बन गरेका थिए ।


अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई १-० ले पराजित गरेपछि उत्सव मनाउने क्रममा लुइसले जेनीलाई चुम्बन गरेका थिए ।

त्यसपछि लुइसको चौतर्फी आलोचना भएको थियो । स्पेनिस सरकारका मन्त्रीहरुले पनि उनको आलोचना गरेका थिए ।

सुरुवातमा जेनीले पनि उक्त कार्य आफूलाई मन नपरेको सामाजिक सञ्जालमा लेखेपनि पछि लुइसको वचाउ गरेको बीबीसीले उल्लेख गरेको छ ।

यता लुइसले भने आफू गलत रहेको स्विकार गर्दै माफी मागेका छन् ।

तर स्पेनकी समावेशी मन्त्री इरेने मोन्टेरोले भने लुइसको कार्य महिलामाथि दिनहु हुने यौन दुर्व्यवहारको स्वरुप रहेको प्रतिक्रिया दिएकी छन् ।

स्पेनका खेलकुद मन्त्री मिक्वेल इसेटाले पनि लुइसको व्यवहार अस्विकार्य रहेको बताए ।


Author

थप समाचार
x